नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मुलुकमा संविधान कार्यान्वयन हुन नदिन षड्यन्त्र भइरहेको बताएका छन्।
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु म्याग्दीको १९ औँ जिल्ला अधिबेशनको आज बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले नेपाललाई अस्थिरतातर्फ धकेल्न केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागेको आरोप लगाए।
वर्तमान सरकारले समेत चुनाबलाई पन्छ्याउन संविधान संशोधन विधेयक ल्याएको आरोप लगाउँदै उहाँले अनुचित उद्देश्य पूर्तिका लागि ल्याइएको संविधान संशोधनलाई एमालेलगायतका प्रतिपक्ष दलहरुले असफल बनाएरै छाड्ने उद्घोष गरे। उनले मुलुकमा संविधान कार्यान्वयनको लागि निर्वाचनको तयारीमा जुट्नुको विकल्प नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। रासस