रामपुर भलिबल कपको उपाधि स्याङजाले हात पारेको छ।
रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा नवलपरासीलाई स्याङजाले हराउँदै उपाधि हात पारेको हो।
हिजो भएको फाइनल खेलमा स्याङजाले नवलपरासीलाई तीन सेटले हराउँदै रामपुर भलिबल कपको उपाधि हात पार्न सफल भएको हो। प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन्।
प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख १ सय ११, द्वितीय पुरस्कार ५० हजार १ सय ११, तृत्तीय पुरस्कार २५ हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ रुपैयाँ छ । रासस