विश्वकै सबैभन्दा बुढी पाण्डाले आफ्नो ३७ औं जन्मोत्सव मनाएकी छ। बासी नाम गरेकी पोथी पाण्डाले बुधबार चीनको फुजौ शहरमा आफने जन्मोत्सव मनाएकी हो। पाण्डाको यो उमेर मानिसको १०० वर्ष बराबर मानिन्छ। सन् १९८० मा जन्मेकी बासी चीनमा निकै चर्चित छ।
गत अक्टोबरमा विश्वकै बुढी पाण्डा जिया जियाको ३८ वर्षमा मृत्यु भएपछि बासीले यो उपाधि पाएकी हो। चीनको बासी जर्जबाट उद्धार गरिएकी हुँदा उसको नाम बासी राखिएको हो।
उमेर बढी भएपनि बासीले राम्ररी खाने, हिँडडुल गर्ने र स्वस्थ नै रहेको उसका चिकित्सक बताउँछन्। बासी हालसम्मकै बढी उमेर बाँच्ने पाण्डा हुने आशा उनीहरुले गरेका छन्।