काठमाडौं तराई मधेश जोड्ने फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरू गर्न स्थानीयहरुले जनदबाब तिब्र पारेका छन्।
सार्वजनिक दबाब समूहले मंगलबार निजगढमा र्याली निकालेको छ। बारा,पर्सा र रौतहटकासमेत स्थानीय सहभागी र्याली निजगढमा भेला भएर सभामा परिणत भएको थियो। सभालाई व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधीकारीले सम्बोधन गरेका थिए।
सरकारले दुई वटा प्रमुख आयोजनका लागि बजेट छुट्टाएको भए पनि काम नगरेको अधिकारीले बताए। संसदमार्फत काम गर्नका लागि सरकारलाई दबाब दिने उनले प्रतिबद्धता जनाए।
बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोतम पौडेलले तराई मधेशका केही जिल्लाका लागि मात्र नभई समग्र देशको विकासका लागि यी आयोजना बन्नुपर्ने दाबी गरे।