महोत्तरीको मटिहानीमा विशेष चहलपहल थियो। सफा सुग्घर पारिएको मल्लाह टोल परिसरको मध्यमा आकर्षक महोत्तरीस्थल बनाइएको थियो । सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
महरैया महराई गाउने लोकगायक लाउडस्पिकरमा चर्को स्वरमा देवीदेवताका गीत गाउँदै थिए । सात्विक महोत्तरीको क्रम सम्पन्न भएपछि बोका बलिका लागि परीक्षा (बलि प्रदानपूर्व पशुपक्षिलाई गर्ने विशेष महोत्तरी) सुरु भयो । कमला मैयाका लागि भाकल गरिएको पाठी सहजै परीक्षा दिइन् । सवैले जयकार लगाए, कमला मैया कि जय...।
धामीझाँक्रीहरुले खसीको टाउकोमा पानी खन्याए । फूल हाले। अच्छता चढाए । खसीले स्वीकृति दिएन अर्थात् सहमति दिएन। धामीझाँक्रीहरु चिन्तित भए । महोत्तरीरी कमल सहनी अर्का प्रौढ धामी गणेश मुखियासँग सोधे –कहाँ के विगार भएको छ? मुखियाले सम्झाए हइ भगत गंगाजल खोई? नजिकै राखिएको गंगाजलबाट खसीलाई सिक्त गरियो अनि कमलावीर प्रसनन भए ।
माछापालन, माछाको शिकार तथा माछाको व्यवसाय गरेर जीवनयापन गर्ने मलाहाहरुको जातीय देवता कमला कोइलाको महोत्तरीको क्रममा सोमवार अपराह्न यस्तै दृश्य देखिएको थियो । शिक्षा, स्वास्थ्य तथा राजनीतिक मूल प्रवाहबाट वञ्चित यी आदिवासीहरु सामान्यतया दुई तीन वर्षको अन्तरमा आफना देवीदेवताको महोत्तरी गर्छन् । माघ महिनामा हुने यस महोत्तरीमा फुल, प्रसाद, मिष्ठान्न, तसमै (खीर) र पशुपक्षीको बलिसँगै हुक्का, पिनी, रक्सी तथा मिथिलाञ्चलको माघे प्रसाद भनिने च्युराको लाई (लडडु) समेत चढाइन्छ ।
मटिहानीस्थित सहनी समाजका अध्यक्ष प्रमोद सहनीका अनुसार कमला मैया र भगवतीलाई पाठीको बलि प्रदान गरिन्छ । कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई खसी तथा बौरा ठकुराइनलाई हुक्का, पिनी, भुजा तथा रक्सी अर्पण गरिन्छ । कमला महोत्तरीको क्रममा एक दर्जनभन्दा अेरै खसी र पाठीसँगै परेवाको बलिसमेत प्रदान गरिएको थियो ।
यस पूजाको अवसरमा महोत्तरी धनुषा लगायत तराइृ मधेशकाका मलाह बहुल गाउँहरूमा भव्य उत्सवको आयोजना गरिएको छ। सोगाउँहरूमा विशेष महोत्तरीअर्चना तथा नाचगानको आयोजन गरिएको छ।यस अवसरमा लोक परम्पराअनुसार महोत्तरी गरिएको थियो। झाइल, मृदंगको मधुरो स्वरमा गवैयाहरूले गीत गाएका थिए। धामीझाँक्रीहरू आफूमाथि विभिन्न देवीदेवताको बास रहेको स्वाङ गर्दै याचकहरूलाई आशिष दिएका थिए। पूजा आयोजन गरिएका गाउँमा गीत र नृत्यको आयोजनसमेत गरिएको छ।
समितिका सचिव गोरका सहनीका अनुसार महोत्तरीमा करिव तीन लाख खर्च भएको थियो । महोत्तरी खर्चका लागि गाउँका प्रत्येक मलाहा परिवारले १ हजार १ सय चन्दा दिएका छन् । बाँकीको रकम जातीय कोषबाट भुक्तानी गरिनेछ । मटिहानीमा १ सय घर मलाहाहरुको छ ।
कमला महोत्तरीको आयोजना गर्नुको मुख्य उद्देश्य जलकी देवी कमलालाई प्रसन्न गर्नु हो । सहनी समाज उपाध्यक्ष राजेन्द्र सहनीले भने ,मलाहाहरु वर्षभरि पानीमा माछा मार्छन् डुंगा चलाउँछन् अनि मखाना, सिंघारालगायतका जल उत्पादनहरु संकलन गर्छन् । आफ्नो व्यक्तिग सुरक्षा तथा व्यावसायिक लाभका लागि यस पूजको आयोजन गरिन्छ ।
मलाहाहरु पानीमा नडुब्ने किंवदन्ती । मटिहानी गाविसका ७० वर्षीय मुनेश्वर सहनीले भने, आजसम्म मलाहाहरु पानीमा डुबेको जानकारी छैन । मलाहाहरुको यस जातीय महोत्तरीमा गाउँभरिका सबै समुदाय सहभागी हुन्छन् । तन्त्रमन्त्रमा आधारित यस पर्वलाई संस्कृतिविदहरु लेक उत्सवको संज्ञा दिन्छन् ।
पुर्खौली पेशा डुङ्गा चलाउन र माछा मारेर जिविको पार्जन गर्ने सो समुदायले सामुहिक रुपमा खोला वा नदी किनारमा भेला भएर पानीलाई तान्त्रिक विधिद्धारा महोत्तरी गर्ने चलन छ । लदि अर्थात जलदेवीको महोत्तरी गर्दा पानीबाट कुनै खतरा नहुने बिस्वास छ।
प्रत्येक वर्ष माघको पहिलो आईतवारका दिन नदीमा भेला भएर जलदेबीको महोत्तरी गरिने नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमितिले जनाएको छ । पूजामा पाँच वटा ढुङ्गाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफुल र लिङगमा रङ्गहरु दलेर दियोसहित जलदेवीलाई महोत्तरी गरिने परपपरा रहेको छ । माझि समुदायमा पशुको बलि गरेर पनि महोत्तरी गर्ने परम्परा छ । आर्थिक क्षमता बलियो भएकाले राँगा, भैसी, सुँगुर र कुखुरा बलि दिन्छन भने केहिले सुद्ध फलफूलवाट महोत्तरी गर्ने गरेको छ ।
पूर्वकेन्द्रीय सदस्य सन्तबिर सहनीले सवै जातजाति र धर्मलाई समान अधिकार गर्ने भनिएपनि माझीहरुलाई राज्यले उपेक्षित गरेको आरोप लगाए। उनले भने—माझीहरुको आफ्नो भाषा, संस्कार र संस्कृति भएर पनि राज्यले त्यसको संरक्षणमा सहयोग नर्पुयाएको गुनासो गरे । उनले , पूजाको आफ्नै किसिमको अर्थ रहेको र धर्मसंस्कृति अनुसार सान्र्द्धभिक रहेको पनि जानकारी दिए।
नदीको आसपासका नदीहरुमा मात्र बसोबास गर्ने यी जातिहरु यति बेला मुलुकका ६८ जिल्लामा छरिएर रहेका छन्। सिमान्तकृत जातिहरुमा रहेका माझीहरु २०६८ सालको जनगणना अनुसार मुलुकमा ८३ हजार ७ सय २७ जना जनसंख्या रहेको माझी उत्थान संघले जानकारीको छ । उनले महोत्तरीमा मात्र ७ हजार ८४ जनसंख्या रहेको बताए। २४ हजार ४ सय २३ ले माझि भाषालाई मात्रृभाषाको रुपमा बोल्दै आएको नेपाल माझी उत्थान संघ महोत्तरीले जनाएको छ ।