व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरूले एक र दुईका सिक्का निष्काशनदेखि चाँडो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
उनीहरुले जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएकामध्ये फेला पार्न बाँकी मूर्तिको खोजीमा लाग्नुपर्नेमा जोड दिएका थिए। यसैगरी सर्वसाधारणले सहजरुपमा लाइसेन्स नपाएकाले सरकारले चाँडो उपलब्ध गराउने व्यवस्था गर्न र किसानलाई धानको उचित मोल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यसरी सरकारको ध्यानाकर्षण गराउनेमा सांसद बलबहादुर महत, वंशीधर मिश्र, भक्तबहादुर खपाङ्गी, भरतकुमार साह र ममता गिरी थिए। रासस