माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ।
यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो। रासस