नेकपा एमाले मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ।
गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गरेका हुन्। कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गरेका छन्।
त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी भएका हुन् । रासस