बार्सिलोनाका तीन खतरनाक स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमारले मिलेर क्लबका लागि ३ सय गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।
एमएसएनको नामले चर्चित यी तीनै स्ट्राइकरले बुधबार एथलेटिक बिलबाओविरूद्ध गोल गरेका थिए। सन् २०१४ मा तीनवटै स्ट्राइकर एउटै क्लबमा अनुबन्धित भएपछि संयुक्त रुपमा क्याटलान क्लबका लागि ३ सय गोल पुरा गरेका हुन्।
२०१४ यता मेसीले बार्सिलोनाका लागि १ सय २४, नेइमारले ७६ र सुआरेजले सय गोल गरेका थिए। तीन वर्षको समयमा यी तीन स्ट्राइकरले ३ सय गोल पुरा गरेका हुन्।