थकाली समुदायको १२ वर्षे कुम्भमेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपालले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट करिब ७ सय जना लाभाविन्त भएका छन्।
कोबाङमा यही पुस २५, २६ र २७ गते आयोजना गरिएको निःशुल्क शिविरमा १२ जना चिकित्सकले मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा, जोमसोम, लेते, कोबाङका करिव ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको र एकै स्थानबाट स्वास्थ्य परीक्षणसहित विशेषज्ञ सेवा प्रदान गरिएको स्वास्थ्यकर्मी परिवारका अध्यक्ष विश्व शेरचनले बताए।
प्रेसर, युरिक एसिड, सुगर, हेपाटाइटिस, हाडजोर्नीजस्ता समस्या बढी देखिएको सो शिविरमा प्रेसरका बिरामीलाई तीन महिनासम्म निःशुल्क औषधि वितरण र ४ सय जनाको भिडियो एक्सरे गरिएको अध्यक्ष शेरचनले जानकारी दिए।
माया भट्टचन, विनोद शेरचन, कविन भट्टचन, गोमा शेरचन, गोपी हीराचन, राजेन्द्र शेरचन, बिपी भट्टचनलगायतका चिकित्सकले शिविरमा सेवा सोवा पुर्याएका थिए । रासस