एक दशक अघि कक्षा कोठामा शिक्षकले जे पढायो विद्यार्थीले त्यो मात्र सिक्थे। शिक्षकले गलत सिकाए पनि सही मानेर बुझ्नुपर्थ्यो।
गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था नरहेको अबर आजको कान्तिपुरमा छापिएको छ।
शिक्षकले पढाएको विषय सही या गलत के हो ग्रामिण भेगका विद्यार्थीले पनि खोज्न सक्छन्। यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यसवर्षबाट प्रविधिमैत्री कक्षा सुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक जनशक्ति केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गमका विद्यार्थीले आफ्नै गाउँमा हेर्न सक्छन्। केन्द्रले आइतबारदेखि यस्तो भर्चुअल कक्षा सुरू गरेको हो।