श्रम राज्यमन्त्री दिलीपकुमार गच्छदारले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
कञ्चनपुरको भीमदत्तनगरमा नेपाल नाई सङ्घको प्रथम सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै राज्यमन्त्री गच्छदारले मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्बिदा जनचाहनाअनुसार विकास निर्माण अघि बढ्न नसकेको बताए।
संविधान जारी भए पनि कार्यान्वयन हुन नसेकाप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेसका नेतासमेत रहनुभएका राज्यमन्त्री गच्छदारले अस्थिरता हटाउन काँग्रेसले मात्रै सक्ने धारणा राखे। “देशका सबै खालका ऐतिहासिक परिर्वतन काँग्रेसकै नेतृत्वमा भएका छन्” उनले भने।
नाई लगायतका मजदुरलाई आफ्नो हक, हित र अधिकारका लागि एकताबद्ध भएर अगाडि बढ्न आग्रहसमेत गर्दै उनले भने–“श्रम मन्त्रालय मजदुरका माग सम्बोधन गर्न तयार छ ।”
सम्मेलनमा काँग्रेस टे«ड युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, नेपाल नाई सङ्घका केन्द्रीय अध्यक्ष राजाराम ठाकुर, काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरालगायतले मन्तव्य राखेका थिए । रासस