जिल्ला प्रशासन कार्यालय बैतडीको संयोजनमा आगामी माघ २५ गतेदेखि माघ २८ गतेसम्म मेलौलीमा एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए।
शिविरमा जिल्ला प्रशासन कार्यालयका साथै जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास, जिल्ला वन, महिला तथा बालबालिका, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग विकास समितिलगायतका कार्यालयले सरकारी सेवा प्रदान गर्ने निर्णय भएको उनले बताए।
तल्लोस्वराड क्षेत्रका नागरिकलाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गरिने उनले बताए। यस्तै, यही माघ ५ गते सबै सरकारी कार्यालयले संयुक्त रुपमा सदरमुकाममा सार्वजनिक सुनुवाइको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। रासस