इङ्ल्यान्डको लिभरपुल र जर्मनीको बोरुसिया डर्टमुन्डले संयुक्त रुपमा फिफाको उत्कृष्ट दर्शक अवार्ड जितेका छन्।
सोमबार राति ज्युरिचमा आयोजित कार्यक्रममा दुवै क्लबको दर्शकलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको थियो। गत अप्रिलमा युरोपा लिगअन्तर्गत दुवै क्लबबीच भएको खेलमा हिल्सब्रोग दूर्घटनामा मारिएका ९६ लिभरपुल समर्थकको लागि गरिएको मौन धारणको तस्बीरले विश्व कै ध्यान केन्द्रित गराएको थियो।
दुवै क्लबले ४५ दशमलव ९२ प्रतिशत मत प्राप्त गरेका थिए। उनीहरुको तुलनामा आइसल्यान्डका समर्थकले ३१ दशमलव ३७ मत प्राप्त गरेका थिए। यस्तै, अडो डेन हागका समर्थकले २२ दशमलव ७१ मत प्राप्त गरे।