उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। उपप्रधानमन्त्री निधिले निर्वाचनको तयारीमा जुट्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका हुन्। ललितपुरको बज्रबाराही नगरपालिकाको तेस्रो नगरपरिषदको सोमबार उदघाटन गर्दै उनले निर्वाचनको तयारीमा सरकार जुटिसकेको पनि उल्लेख गरे।
उनले सरकार स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको पनि स्पष्ट पारे। उपप्रधानमन्त्री निधिले संसदमा आईताबार पेश गरिएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास पनि व्यक्त गरे। उनले केन्द्रमा रहेको शक्ति स्थानीय तहमा ल्याउन संघीयताको अवधारणा ल्याउनु परेको पनि उल्लेख गरे।