पाकिस्तानका अनुभवी ब्याट्सम्यान युनुस खानका लागि अस्ट्रेलियाविरुद्धको अन्तिम टेस्ट दुःखद घटनामा परिणत भएको छ। पाकिस्तानबाट टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने इतिहास नजिक पुगेका युनुस पहिलो पाकिस्तानी ब्याट्सम्यानको रुपमा यो कीर्तिमान रच्न २३ रनले चुकेका छन्।
सिड्नी टेस्ट युनुस खानका लागि करिअरको अन्तिम थियो। उनले तेस्रो टेस्ट अगाडि नै सन्यासको घोषणा गरेका थिए। उनले पहिलो इनिङमा अविजित १ सय ७५ रन बनाएका थिए। उनलाई १० हजार रन पुरा गर्न ३६ रन आवश्यक थियो। तर, उनी दोस्रो इनिङमा १३ रनमा आउट भए। जसका कारण उनी टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो पाकिस्तानी ब्याट्सम्यान बन्नबाट चुके।
युनुसले १ सय १५ टेस्टमा ५३ दशमलव ०६ औसतले ९ हजार ९ सय ७७ रन बनाएका छन्। उनले टेस्टमा कूल ३४ सतक बनाएका छन्।