सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते एक बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।
स १ त ३१८७ नं को ट्रयाक्टरको ठक्करबाट सिरहाको गोलबजार नगरपलिका–३ निवासी १४ वर्षीय दीपक पासवानको मृत्यु भएको हो।
बाटो क्रस गर्ने क्रममा गएराति ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका पासवानको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रयाक्टरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।रासस