नेपाली दूरसञ्चार कम्पनीहरुले विदेशबाट आउने फोनमा लगाउँदै आएको शुल्क नघटाउँदा घोषणाको करिब अढाई बर्षसम्म पनि भारतबाट नेपालमा हुने टेलिफोन कलको दर घट्न सकेको छैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
भारतीय कम्पनीहरुले नेपालमा हुने फोन कलको दर घटाउन तयार रहेको बताए पनि नेपाली कम्पनीहरुले लिने रकम नघटाउँदा हालसम्म महसुल दर कम हुन सकेको छैन। विदेशबाट आउने कलबापत कम्पनीहरुले निश्चित शुल्क लिने गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आएका बखत २०७१ साउनमा नेपालमा नेपालमा हुने कलको दर घटाउन पहल गर्ने बताएका थिए ।