संसदको जारी गतिरोधको अन्त्यका लागि सभामुख ओनशरी घर्तीले सक्रियता बढाएकी छन्। संसद सुचारूका लागि दलहरुले पुस २४ गतेसम्मको समय मागेपछि सभामुख घर्तीले पनि दलका नेताहरुसँगको छलफललाई बढाएकी हुन्।
सभामुख घर्तीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी संसदको जारी गतिरोधको अन्त्यका लागि प्रधानमन्त्रीको हैसियतमा पहल गर्न आग्रह गरेकी छन्। सभामुखसँको भेटमा प्रधानमन्त्री दाहालले २४ गते संसदको बैठक सुचारु हुने गरी दलहरुबीच छलफल गर्ने बताएको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले सेतोपाटीलाई बताए।
सभामुख घर्तीले मंगलबार प्रमुख प्रतीपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेकी थिइन्। सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि एमाले लगायतका नौं बिपक्षी दलहरुले संसदको बैठक अबरुद्ध गर्दे आएका छन्।