उद्योग वाणिज्य महासंघले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ।
वर्षौंदेखि उर्जा संकटबाट आक्रान्त बन्दै आएको औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त राखेको भन्दै महासंघले घिसिङलाई सम्मान गरेको हो। वर्षौंदेखिको लोडसेडिङमा रहेका उद्योगी व्यवसायी तथा सर्वसाधरण सबैमा लोडसेडिङ मुक्त गराएर उर्जाको क्षेत्रमा अत्यन्तै सराहनीइ र साहसिक काम गरेको भन्दै महासंघको उर्जा समितिले कार्यकारी घिसिङलाई सम्मान गरेको हो।
उद्योग व्यवसायीलगायतको उल्लेख्य उपस्थिति रहेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे उर्जामन्त्री जनार्दन शर्माले सही व्यक्तिको सही व्यवस्थापन गरिएकाले आम नेपालीले परिर्वतनको महसुस गर्न सकेको उल्लेख गरे। प्राधिकरणका कार्यकारी प्रमुखमा घिसिङलाई राख्नु र प्राधिकरणमा भएका अन्य तीन संचालकलाई हटाउनु नै सही व्यवस्थापन भएको संकेत मन्त्री शर्माको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल आधारभुत रुपमा लोडसेडिङमुक्त रहेको अवस्था रहेको बताए।