गृह एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले रसुवाको धुन्चेमा निर्मित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको आज उद्घाटन गरेका छन्।
सीमा सुरक्षा, विद्युत्, भन्सार र विपद्को उद्धार कार्यमा योगदान पु¥याउँदै आएको यहाँको सशस्त्र प्रहरीेको कामको सराहना गर्दै मन्त्री निधिले उच्च मनोबलका साथ सुरक्षा कार्यमा तल्लिन रहन सुरक्षाकर्मीलाई निर्देशन दिए।
यस गुल्ममा एक सय ६० जना दरबन्दी रहेको छ। दुई करोड ४३ लाखको लागतमा छवटा भवन निर्माण गरिएका छन् । यसअन्तर्गत अधिकृत तथा जवानहरुको आवास, कार्यालय भवन तथा भान्सासमेतको संरचना रहेको प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए।
मन्त्री निधिले नेपाली काँग्रेस रसुवाका कार्यकर्तासँग पनि भेटघाट गरे।
यहाँ भइरहेका विकास निर्माण, भूकम्पपछिको पुनःनिर्माण र सुरक्षाको अवस्थाका बारेमा पनि उनले सरकारी कार्यालयका प्रमुखहरुबाट जानकारी लिएका प्रजिअ सोमेन्द्र न्यौपानेले जानकारी दिए।
उनका अनुसार मन्त्री निधिको सीमावर्ती क्षेत्र टिमुरेको अवलोकन गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण स्थगन भयो । रासस