पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटर दौडमा खाली खुट्टा दौडिएकी पश्चिमाञ्चलकी सीता सेनलाई ओलम्पियन तथा पौडी खेलाडी शिरिष गुरूङले सहयोग गरेका छन्।
स्पोर्टस् ब्याग, ट्रयाक सुट, टी सर्ट, जुत्ता र ५ हजार नगद सहित उनलाई सहयोग गरेका हुन्।
उनले दौडनका लागि चाहिने जुत्ता आफूसँग नभएकाले खाली खुट्टा नै दौडिएकी थिइन्। गुल्मीकी उनी कक्षा ९ मा पढ्दादेखि नै म्याराथनमा भाग लिँदै आएकी हुन् । अहिले उनी कक्षा १२ मा अध्ययनरत छिन्।
पदक नै नजिते पनि उनले दौड भने पूरा गरेकी थिइन्।