नेपाली ओलम्पियन धाविका सरस्वती भट्टराईले ५ वर्ष अघि धनगढीमा आयोजना भएको छैटौं बृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमाञ्चलबाट भाग लिएकी थिइन्। त्यतिबेला उनी आफू सहभागी कुनै पनि स्पर्धामा पदक जित्न नसकेपछि पदकबिहिन बनेकी थिइन्।
तर, सातौं बृहत राष्ट्रियमा नेपाल आर्मीबाट प्रतिनिधित्व गर्ने क्रममा उनले आफूले भाग लिएको तीनवटै स्पर्धामा स्वर्ण जितिन्। धनगढीमा पदक जित्न नसक्दा उनी निकै खिन्न थिइन्। तर, सोमबार ८ सय मिटर दौडमा स्वर्ण जितेपछि निकै प्रफुल्लित देखिएकी सरस्वतीले सेतोपाटीसँग भनिन्र्–मैले यसलाई सपना पुरा भएको दिनको रुपमा लिएको छु।’
सरस्वतीले ४ महिनाअघि ब्राजिलको रियोमा आयोजना भएको ओलम्पिकमा १५ सय मिटरमा भाग लिएकी थिइन्। जसमा उनले ४ मिनेट ३३ दशमलव ९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी थिइन्।
२२ वर्षको उमेरमै ओलम्पिक खेल्ने गौरव हासिल गरेपनि उनको लक्ष्य थियो, बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने। सुदूरपश्चिमकी मध्यदूरीकी यी धाविकाले पूर्वाञ्चलमा तीन स्वर्ण जितेपछि भनिन्र्, यो वर्ष मेरो लागि यादगार रहनेछ।’
सरस्वतीले आठ सय मिटर दुरी २ मिनेट १९ दशमलव ४२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्। उनले शनिबार भएको १५ सय मिटर ४ मिनेट ४३ दशमलव ३६ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्। यस्तै, आइतबार भएको ४ गुना ४ सय मिटर रिले उनीलगायतको टिमले ४ मिनेट १४ दशमलव ७० सेकेन्डमा पुरा गरेर स्वर्ण जितेको थियोर्। सेन्डर ट्रयाकमा यति समयमा दौड पुरा गर्नु राम्रै टाइमिङ हो,’ उनले भनिन्।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम