सरकारले स्थानीय तहको निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ।
स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेरै सरकारले स्थानीय तह पुनर्संरचनाको कामलाई पूर्णता दिन लागि परेको बताएका हुन्। उनले स्थानीय तहको निर्वाचन गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनु परेको पनि दोहोर्याए।
सोमबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सबैलाई साथमा लिएर निर्वाचनमा जान सरकार तयार रहेको पनि उल्लेख गरे। मन्त्री पाण्डेले संविधान कार्यान्वयनकै लागि सरकारले निर्वाचन सम्बन्धि कानुनलाई संसदको कार्यसूचीमा प्रवेश गराएको पनि स्पष्ट पारे।