अफगानिस्तानको राजधानी काबुलमा एक जना सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेकोे छ।
बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो।
आक्रमणकारीहरुमध्ये दुई जना बन्दुकधारी घर भित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले जनाएका छन्।
“सांसदको घरमा आक्रमण गरेका आक्रमणकारी विरुद्ध सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा बिहीबार विहान दुई जना आतंककारीको मृत्यु भएको छ,” एक प्रहरीले बताए।
मारिने मध्ये दुई जना सांसदका नाती रहेका ती अधिकारीले बताए। प्रत्यक्षदर्शीले रातभरीमा पटक पटक विस्फोट भएको र तीन पटक निकै ठूला आवाजसहित विस्फोट भएको जानकारी दिए।
दुई स्थानीय बृद्ध, एक बच्चा र दुई जना सांसदको घरको सुरक्षाकर्मी पनि घटनामा मारिएका छन्।
सांसद मिर वाली सहित घाइते भएका सात जना खतरामुक्त रहेको अस्पतालले श्रोतले जनाएको छ।
आक्रमणको तालिवानले जिम्मा लिएको छ। तालीवान लडाकुहरुले अप्रिलदेखि सरकार विरोधि गतिविधिलाई बढाएका भएपनि उनीहरूको आक्रमणमा सर्वसाधारणको समेत मृत्यु हुने गरेको भेटिएको छ। रासस÷एएफपी