पूर्वाञ्चलमा शुक्रबारदेखि सुरु हुने सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई २५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने मूल आयोजक समितिले जानकारी दिएको छ।
बिहीबार विराटनगरको सभागृहमा सम्पन्न सातौं बृहत राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटीको बैठकमा सदस्य–सचिव केशवकुमार बिष्टले यो जानकारी दिएका हुन्।
यस्तै, आफ्नो स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई १५ हजारबाट पुरस्कृत गरिने जानकारी पनि दिइयो। टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीको हकमा भने ७ हजार रुपैयाँ कायम गरिएको छ।
‘हाम्रो आर्थिक कार्यविधिमा पनि यो निर्णय पास भएको छ,’ सदस्य–सचिव बिष्टले भने।