अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा आज (बिहीबार) सर्वोच्च अदालतमा बहस हुने भएको छ।
यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ।
अधिकारबिहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनि दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसको पेसी आज बिहीबारलाई तोकिएको छ।
सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ । नेपाल बार एसोसिएसनले भने आज बिहीबार बार डे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।
अधिकारविहीन अवस्थामा रहेका प्रमुख आयुक्त कार्कीविरुद्ध रिट निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले नेपाल बारले त्यसरी पत्र पठाएको भएपनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल नरोकिन सक्ने बताए।