अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिने शिक्षिका विमलाकुमारी यादवविरुद्ध आरोपपत्र दायर गरेको छ।
सप्तरीको शारदा राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा कार्यरत शिक्षिका यादवको शैक्षिक योग्यताको प्रमाणपत्र उपर छानबिन हुँदा नक्कली देखिएको आयोगले जनाएको छ।
आयोगले शिक्षिका यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। रासस