गैंडाको आक्रमणबाट आज दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको थियो। रासस