उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरको छ। सोमबारदेखि लागू हुने गरी लोडसेडिङ न्यूनिकरण अभियानमा अबरोध गर्ने प्राधिकरण सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरिएको उर्जा मन्त्री जनार्दन शर्माले सेतोपाटीलाई बताए।
‘उनीहरुसँग सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएको र राष्ट्रहितको काममा अबरोध पुर्याएकाले उनीहरूलाई पदबाट बर्खास्त गरिएको हो’, शर्माले भने।
मन्त्रालयले यसअघि उनीहरूसँग स्पष्टिकरण सोधेको थियो।