सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘प्रचण्ड’ सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताएका छन्।
कपिलवस्तुको पकडीमा आज आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने विचार राखे।
समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने र परिवर्तन विरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी भएको बताए। रासस