भौतिक योजना तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम महतोले यातायात व्यवस्था कार्यालय भएका सबै जिल्लाबाट इजाजतपत्र वितरण गर्ने योजनामा मन्त्रालय रहेको बताएका छन्।
यहाँ शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले इजाजतको फाराम अनलाइनमार्फत भर्ने व्यवस्था मिलाइने जानकारी दिए । राजमार्ग सुरक्षा योजना योजना बन्दै गरेको पनि उनले बताए।
अर्को एक प्रश्नमा उनले नारायणगढ मुग्लिन सडकखण्ड निर्माणमा सम्बन्धित ठेकेदार कम्पनीलाई मन्त्रालयले स्रोत साधन अधिकतम प्रयोग गरी छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए । रासस