२ प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा प्रलेस परिसंवाद कार्यक्रम’ को पहिलो शृङ्खलाअन्तर्गत शुक्रबार ‘जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी’ विषयमा छलफल गरिएको छ ।
छलफलमा विश्लेषक राजेन्द्र महर्जनले विविध कोणबाट महाश्वेता देवीको जीवन र कर्मका बारेमा महत्वपूर्ण धारणा राखे। कार्यक्रममा डा विन्दु शर्मा, खेम थपलिया, शोभा दुलाल, आरसी न्यौपाने, कृष्णहरि भट्ट, राजु स्याङ्तान, गुरुङ सुशान्त, नरेश ज्ञवाली, चिरञ्जीवी लामिछानेलगायतले विचार राखेका थिए।
सोही कार्यक्रममा कथाकार रोहित दाहालको नयाँ कथासङ्ग्रह ‘पैतालाले थिचेको देवता’ महर्जन र प्रलेस अध्यक्ष मातृका पोखरेलले विमोचन गरेका थिए । रासस