भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित भएको छ।
भारतले ३३.३ अोभरमा ४ विकेट गुमाउँदै १७४ रन लिएको छ।
श्रीलंकासँग विहीबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन।
तर, तल्लो क्रममा ब्याटिङ गर्न उत्रिएका रोहितकुमार पौडेलले अविजित ६८ रन बनाएपछि नेपालले पुरै पचास ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ७२ रन बनायो।
प्रत्युत्तरमा भारतले ३३ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै विजय हात पार्यो।