श्रीलंकामा जारी दोस्रो संस्करणको युथ–१९ एसिया कपअन्तर्गत भारतसँगको खेलमा नेपालले सय रन पुरा गरेको छ। ३२.१ ओभरमा नेपालले सय रन पुरा गरेको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए।
यस्तै आशिफ शेखले १८, प्रकाश केसीले १३, सुभंकर उराउ ९, सन्दिप सुनार ७ रन बनाए। नेपालका लागि आदिल खान, भीम सार्की शून्यमा आउट भए। भारतका राहुल चहारले सर्वाधिक ४ तथा आयुश जंवाल र हिमांशु रानाले १-१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ऐरी र रोहितकुमार पौडेल (८) क्रिजमा छन्।