टेस्ट राष्ट्र श्रीलंकाविरूद्ध नेपाली युवा टोली पहिलो पल्ट जीततर्फ उन्मुख देखिएका छन्। कोलम्बोमा हाल भइरहेको युथ–१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु श्रीलंकाबाट पाएको २ सय २८ रनको चुनौतीलाई पुरा गर्ने नजिक नेपाल देखिएको छ।
नेपाललाई जीतका लागि अब १ सय ८ बलमा ९९ रन आवश्यक छ। नेपालसँग अझै ५ विकेट हातमा छ। नेपाल हाल ३२ ओभरमा १ सय २९ रन बनाएर खेलिरहेको छ।
दीपेन्द्रसिंह ऐरी र अविनाश कर्णको पाँचौ विकेटको साझेदारीलाई तोड्न श्रीलंकाले स्पिनरहरू लगाइरहेको छ। दीपेन्द्र नेपालका लागि सर्वाधिक ४१ रन बनाएर क्रिजमा डटीरहेका छन्। उनलाई अविनाशले ९ रन बनाएर साथ दिएका छन्।