नेपाली ब्याट्सम्यान आदिल खानले श्रीलंकाविरूद्ध छक्का प्रहार गरेका छन्। उनले दुई टिमबीचको खेलमा पहिलो छक्का प्रहार गरेका हुन्।
यस खेलमा श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले छक्का प्रहार गर्न सकेका थिएनन्। उनको छक्का प्रहारपछि नेपालले ५० रन पुरा गरेको थियो। बायाँ हाते ब्याट्सम्यान आदिलले जयाविक्रमको चौथो बललाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए।
यो छक्का दुवै टोलीबीच भएको खेलको ६२ ओभर ४ बलपछि सम्भव भएको थियो।