उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफूसँग रोल्पाको लिवाङमा ८ रोपनी जमिन र ८० हजार रूपैंया बैंक ब्यालेन्स मात्रै सम्पत्ति रहेको विवरण मन्त्रिपरिषदमा पेश गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो वेबसाइटमा राखेको सम्पत्ती विवरणमा उनको रोल्पाको यहि जमीनमा २ तले परम्परागत शैलीको घर र एउटा गोठ रहेको उल्लेख छ।
उनले यो सम्पत्ति पैतृक रहेको जनाएका छन्।