आपसी विवादका कारण भएको झडपमा कपिलवस्तुको विद्यानगर गाविसमा एक जनाको ज्यान गएको छ। वडा नं. ४ बसौलियाका ५० वर्षीय मुन्नालाल यादवको सोमबार दिउँसो छिमेकीसँग भएको झडपमा मृत्यु भएको प्रहरीले जनाएको छ।
धानको पराल थन्क्याउने क्रममा स्थानीय अमरदीप यादव र वारिस मुसलमानसँग आपसी विवादमा दुबै तर्फबाट आएका समूहबीच ढुंगामुढा हुँदा मुन्नालालको मृत्यु भएको प्रहरीले जनाएको छ।
झडपमा ढुंगा लागेर गम्भीर घाइते भएका मुन्नालालको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए। घटनाका मुख्य दुई पक्षहरु अमरदीप यादव र वारिस मुसलमानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।