गैंडाकोट–१२ हर्कपुरमा आज ट्रयाक्टरको ठक्करबाट एक चालकको मृत्यु भएको छ ।
हर्कपुर भित्री सडकखण्डमा रोकिराखिएको ना ५ त ७०९ नंको ट्रयाक्टरलाई ना ३ त ८३७७ नंको ट्रयाक्टरले ठक्कर दिँदा ना ५ त ७०९ नंको चालक ३४ वर्षीय ईश्वर थनेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस