काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ।
उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए। प्रहरी चौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो।
यो घटना कसरी भयो, यसको विस्तृत अनुसन्धान थालिसकेका छौं प्रहरी उपरीक्षक थापाले भने – उनलाई स्थानीयवासीले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेको थियो । रासस