बङ्गलादेशको भ्रमणमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन्।
बुधबार साँझ भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।
भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित थिए। रासस