इलाका प्रहरी कार्यालयले केही दिनदेखि राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा बरामद गरेको पाँचहजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीको सक्रियतामा मोरङ झापालगायतका जिल्ला र इटहरीकै आसपासका क्षेत्रमा उत्पादन गरी विराटनगर एवम् भारतको जोगबनीसम्म लैजाने उद्देश्यले ल्याइएका घरेलु मदिरा सवारी साधनको जाँचका क्रममा बरामद गरिएको थियो।
स्थानीय समाजसेवी र प्रहरी समेतको टोलीले ती बरामद भएको मदिरालाई नष्ट गरी अब उप्रान्त अवैध रुपमा घरेलु मदिरा ओसारपसारलाई अझ कडा बनाउँदै जाने निर्णय भएको पनि उनले जानकारी दिएका छन्। रासस