पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा अवस्थित एक होटेलमा सोमबार भएको आगलागीमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।
सोमबार बिहान सबेरै होटेलको भान्छा घरबाट सुरु भएको यस आगलागीमा परी ७० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरी अधिकारी ताउकिर निएमले बताएका छन् ।
आगलागीको थप कारण भने थाहा भएको छैन। सो आगलागीमा परी मारिएका व्यक्तिमा चारजना भने महिला रहेका निएमले थप जानकारी दिएका छन् ।
कराँचीको जिन्नाह अस्पतालका चिकित्सक सेमी जमालीले सो आगलागीमा परी घाइतेमध्ये केहीे विदेश नागरिकसमेत रहेका छन् । आगलागी परी मृत्यु भएकाकारण श्वासप्रश्वासमा अवरुद्ध नै रहेको जनाइएको छ ।
पाकिस्तानका प्राय भवन सुरक्षाको सीमारेखालाई खासै वास्ता नगरी बनाइएको पाइन्छ । आगलागी सुरु भएको अवस्थामा होटेलमा रहेका प्रायः पाहुना सुतिरेहको जनाइएको छ ।
सो घटनामा घाइते भएका एक व्यक्तिका अनुसार आगलागी सुरु भएको चार या पाँच घन्टासम्म सहयोग पाइएको थिएन । रासस /एपी