‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आज घोषणा गरिएको छ।
केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो। पार्टी घोषणाका लागि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष इस्लामले सम्पूर्ण मूलवासीको इतिहास, अस्तित्व र पहिचानको रक्षा गर्दै जातीय, भाषिक, धार्मिक, सामाजिक, सांस्कृतिक, लैङ्गिक र आर्थिक मुक्तिका साथै समृद्ध र शान्त नेपाल निर्माणका लागि पार्टी निर्माण गरिएको बताए।
पार्टी उपाध्यक्षमा झब्बरप्रसाद राम, महासचिवमा चन्देश्वर दास, सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा रेणुकुमारी सदा तथा केन्द्रीय सदस्यमा रामकुमारी देवी यादव, कुसुम गडेरी, समिदा खातुन, कृष्णकुमारी तामाङ, परमेश्वरलाल साह, शत्रुधन महरा, लगायत छन्। रासस