ब्राजिलका स्टार स्ट्राइकर नेइमारले गोल पोस्टभन्दा अगाडिबाट हानेको ‘स्पट किक’ मा हेडिङमार्फत गोल गर्दे उरुग्वेका अर्का स्ट्राइकर लुइस सुआरेजले बार्सिलोनालाई आफ्नो घरमा पहिलो गोलको अग्रता दिलाएका छन्।
उनले ५३ मिनेटमा बार्सिलोनाले देब्रे गोल पोस्टमा पाएको फ्रिकिकको अवसरलाई गोलमा परिणत गरे। नेइमारको उत्कृष्ट फ्रिकिकमा सुआरेजले गोल गरेपछि पहिलो हाफको खेल सकिएको सात मिनेटमा बार्सिलोनाले ९८ हजार घरेलु समर्थकमाझ पहिलो गोलको अग्रता लिएको हो।