मधेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका २७ जना सांसदले संविधान संशोधन प्रस्तावको पक्षमा उभिन प्रतिपक्ष एमालेलाई अपिल गरेका छन्।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले मधेशको माग सम्बोधन गरेर निर्वाचनमा जान सरकारले ल्याएको संविधान संशोधन विद्येयक कोसेढुंगा सावित हुने दाबीका साथ प्रस्तावको पक्षमा उभिन अपिल गरेका हुन्।
संवैधानिक व्यवस्था अनुसार छिटो निर्वाचनमा जान पनि सरकारले ल्याएको संविधान संशोधन विद्ययेकले बाटो खोलेको दाबी पनि उनीहरुले गरेका छन्। नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ३ का सांसद फरमुल्लाह मन्सुरले एमाले जस्तो जिम्मेवार पार्टीले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गर्न नसुहाउने बताए।
संयुक्त विज्ञप्तिमा काँग्रेस एमाले नेतृत्वले नै विगतमा सहमति गरे अनुसार संशोधन प्रस्ताव आएको भन्दै दोहोरो मापदण्ड नअपनाउन एमाले नेतृत्वको ध्यानाकर्षण गराइएको छ।