मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ गोबरीयामा सात वर्षीय बालकको आइतबार साँझ मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युके ०३ १९२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गोबरीयाका सात वर्षीय विवेक नाथको उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट टाउको र मुखमा गम्भीर चोट लागेका नाथको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ठक्कर दिएपछि फरार रहेकोले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ। रासस