प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किस्ता किस्तामा भइरहेको षडयन्त्रबाट जोगाउन संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनुपरेको बताए। युवा संघ नेपालद्धारा प्रकाशित युवाः आधार र कार्यभार नामक पुस्तकको आईतबार काठमाडौमा विमोचन गर्दै अध्यक्ष ओलीले मुलुकलाई बर्बाद हुनबाट जोगाउन संविधान संशोधनको नाममा हुने षडयन्त्र चिर्नु परेको बताए। संविधान संशोधनको नाममा भइरहेको बहसमा नउत्रन पनि सबैमा अपिल गरे।
अध्यक्ष ओलीले देशलाई आवश्यक परेको समयमा मात्रै संविधान संशोधन हुने पक्षमा नेकपा एमालेले रहेको बताए। अध्यक्ष ओलीले संविधान संशोधनको औचित्य पुष्टि गर्न मधेशवादी दललाई पुन चुनौति दिनु भएको छ । उनले मधेशको मुद्दा भन्दै मधेशवादी दलहरुले मुद्रा आर्जनको मुद्दालाई चर्काएको जिकीर पनि गरे। अध्यक्ष ओलीले मधेशवादी दलहरुले मधेशी मुद्दाको नाममा मुद्रा संकलन अभियानलाई जारी राख्नु देशको हितमा नभएको पनि बताए।
अध्यक्ष ओलीले सरकार संविधान कार्यान्वयन गर्न छाडेर मुलुकलाई द्वन्द्वमा फसाउन लागि परेको आरोप पनि लगाए।