अफ्रिकन खेलाडी ओलावालेको एक मात्र निर्णायक गोलले लक्ष्मी हुन्डाई मनाङ्ग मर्स्याङदी झापाको जारी सहारा सुरुङ्गा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। मंगलबार कन्काई माविको खेल मैदानमा सिएमजी सङ्कटा क्लबलाई १-० को झिनो गोलअन्तरले पाखा लगाउँदै मनाङ्ग मर्स्याङदीले सेमिफाइनल यात्रा पक्का गरेकाे हाे।
दोस्रो हाफको ५२ औं मिनेटमा ओलावालेले गरेको गोल नै निर्णायक बन्यो। प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका मनाङ मर्स्याङदीका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए।
सेमिफाइनल अन्तर्गतको पहिलो खेल बुधबार नेपाल पुलिस क्लब र एपिएफबीच हुने अायाेजकले जनाएकाे छ।